शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टेलिभिजन फेरेर ‘सक्किगोनी’ प्रसारणमा आउने

मङ्गलबार, २५ कात्तिक २०७७, १२ : ४१
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मंसिर २५ बाट प्रसारमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको श्रृंखला अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको हो । श्रृंखला कोरोनाको कारणले छायाँकन गर्न असम्भव भएपछि बन्द हुन पुगेको थियो ।

पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट आफु प्रभावित भएर कार्यक्रम हिमालय टेलिभिजनबाट ल्याउन लागेको निर्देशक कुमार कट्टेलले बताए । उनका अनुसार ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजेबाट प्रसारण हुनेछ ।हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्न लागेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत  अनुबन्धित भएको छ ।

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप