‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ
काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्यवसायी हुन् ।
सो समूहले कन्सल्टेन्सी संचालकसँग ३ करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् । अहिले आफुले सो समूह परित्याग गरेको प्रहरीलाई बताएका छन् । कानुन व्यवसायी समेत रहेका ४२ वर्षीय नन्दुराज आचार्यले ‘विप्लव समुह हौं’ भनेर ३ करोड चन्दा नदिए कन्सल्टेन्सी संचालकलाई ‘दुई दिनमा सिध्याउने’ धम्कि दिएका थिए ।
बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । यसअघि आफुहरु विप्लव समुहको कार्यकर्ता भएपनि अहिले सो समूह छाडेको प्रहरीलाई उनीहरुले साविती बयान दिएका छन् । उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा अदालतबाट ३ दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण