बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा नदीमा डुबेर एकजना बेपत्ता

बुधबार, २६ कात्तिक २०७७, १२ : ३६
बुधबार, २६ कात्तिक २०७७

बुटवल । पाल्पामा नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । पाल्पा जिल्लाको रामपुर नगरपालिका –१० शिकोडाँडास्थित कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता भएको प्रहरीले जनाएको  छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेपत्ता हुनेमा स्याङ्जा गल्याङ नगरपालिका–९ बस्ने ३६ वर्षीय सुवास बोटे रहेका  छन् ।

तीन जनासँग नदी किनारमा दाउरा बटुल्न गएका बोटे अचानक नदीका डुबेर बेपत्ता भएको प्रहरीको भनाई छ । बेपत्ताको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप