कार र मोवाईल चोर्ने ४ जना पक्राउ
काठमाडौं । कार र मोवाईल चोर्ने तथा चोरीमा संलग्नलाई संरक्षण दिने सहित चार जनालाई प्रहरीले पक्रेको छ । ‘फोर्ड टिटानियम’ कार चोर्ने प्रदिप चौधरीसहित ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।
झापा बिर्तामोड घर भएका चौधरीले एक महिनाअघि सुनसरी स्थित ईटहरी उप–महानगरपालिका–१२ बाट बा.९ च.३४०३ नम्बरको कार, मोवाईल र ल्यापटप चोरेका थिए । चौधरीलाई खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी अर्जुन केसीले रातोपाटीलाई बताए ।
असोज २९ मा खनारस्थित पुष्पनारायण चौधरीको घरमा पसेर प्रदिपले कारको साँचो निकालेर सामसुङ कम्पनीको मोवाईल सहित कार चलाएर भागेका थिए । कारमा डेल कम्पनीको आई–सेभेन ल्यापटप पनि थियो ।
प्रदिपले कातिर्क १६ मा खनार स्थित मिया टोलको सद्धाम हुसेनको घरबाट सामसुङ र रेडमी कम्पनीको मोवाईल र ४६ हजार नगद पनि चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथिसँग मिलेर उनले चोरी गरेका थिए । चोरीमा संलग्न उनको साथिको खोजी भईरहेको डिएसपी केसीले बताए ।
प्रदिपले चोरेको मोवाईल किन्ने र उनलाई संरक्षण गर्ने अरु ३ जनालाई पनि प्रहरीले पक्रेको छ । चोरीमा संलग्न आरोपीलाई संरक्षण गर्ने ईटहरी–१२ घर भएका अविनास सरदार र मोवाईल किन्ने ईटहरी–१९ बस्ने नरेश सरदार र संजय सरदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरेको कार र मोवाईल प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण