ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकालको तयारी
अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आइसकेको छ । जो बाइडेनले चुनाव जित्ने लगभग निश्चित भइसकेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म आफ्नो हार स्विकार गरेका छैनन् । अब फक्स न्यूजको एक खबरमा बताइए अनुसार ह्वाइट हाउसमा बाइडेनको स्वागतको तयारीको साटो ट्रम्पको दोस्रो कार्यकालको तयारी गरिँदैछ । अमेरिकामा २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रम छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले शुक्रबार प्रशासनमा को रहन्छ, यसको प्रतिक्षा गर्नुहोस् भनेका छन् । यद्यपि, उनले यसबारे थप जानकारी भने दिएका छैनन् ।
सल्लाहकारले के भने ?
फक्स बिजनेस नेटवर्कसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पका व्यापार सल्लाहकार पिटर नेवारोले भने, ‘ह्वाइट हाउसले यो मानिरहेको छ कि राष्ट्रपतिको पदमा डोनल्ड ट्रम्प नै आसिन हुनेछन् र उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन् । यो मान्यता हामी सबैको छ । यसैलाई मध्यनजर गर्दै तयारी सुरु गरिँदैछ । ’
के कुराको प्रतिक्षा ?
नेवारोले थपे, ‘हामी चाहन्छौं कि भेरिफाइड र सर्टिफाइड मतको मात्रै गणना होस् । चुनावी धाँधलीको अनुसन्धान गरियोस् र यसबाहेक जे आरोप लागिरहेको छ त्यसको तस्बिर स्पष्ट होस् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण