सभापति देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । काङ्ग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहेका न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व.न्यौपाने क्यान्सर रोगबाट पीडित रहेका थिए ।
उनी काङ्ग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुन् । स्व.न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । काङ्ग्रेसले उनको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण