शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्डफ्ल्यु नियन्त्रण गर्न डेनमार्कमा हजारौँ कुखुरा मारियो

मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : २१
मङ्गलबार, ०२ मङ्सिर २०७७

एजेन्सी । बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ ।  देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो । 

दुईओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ ।  डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको शुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो ।

यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुन्m फैलिन थालेको छ । विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ ।  सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिने लगायतका उच्च सतर्कता अपनाउने गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप