अपरा थापा अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार २०२० को निर्णायक समितिमा चयन
सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १० औँ अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार २०२० को निर्णायक समिति सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयनसँगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् ।
यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो पुरस्कार मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाइँमा असाधारण नेतृत्व देखाउने व्यक्ति र संस्थालाई प्रदान गरिन्छ ।
अपारा थापा भट्टराईले शिक्षाको प्रचार र राष्ट्रमा अभावग्रस्तमा परेकालाई सेवा प्रदान गरिरहेकी छिन । उनी ‘अन्तर्राष्ट्रिय साहसी महिला २०१९’ बाट पुरस्कृत भैसकेकी छिन् ।
सन् २०२० को लागि कसले मानवीय पुरस्कार पाउने भन्ने निर्णयका लागि भट्टराईसँगै विश्वका विभिन्न स्थानका बौद्धिक मानिस हुनेछन्। जसमा प्राध्यापक डा जाहिद हक(मलेसिया), डा बिन्नी सरीन (भारत), डा एन्थोनी राजू (भारत), डा जुन एन (भारत), टेस मार्टिन(अष्ट्रेलिया), डा अमीन अली (संयुक्त राज्य अमेरिका), नुनो अलेक्जान्ड्रे(पोर्तुगल) र डा जोन ह्यारिसन(भारत) उक्त निर्णायक समितिमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण