छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ को मृत्यु
काठमाडौं । प्युठान, बारा, सिन्ध्ली, तनहुँ र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका-७ चौताराकी ६ वर्षीया बालिका रजिना पुरीको ट्याक्टरले किचेर मृत्यु भएको छ । रा.१ त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका-८ चैतेबारीमा ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलमा प्रदेश ३-०२-०१४ प ५२५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय सुदिप खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको हरिबन नगरपालिका-२ बेलचौतरामा पनि ना.६ त ३०९३ नम्बरको ट्याक्टर शुक्रबार राति बाटोबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय कामी सिंह घलानको ट्याक्टरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-५ सिर्थौली नयाँ टोलमा पनि ना.५ त १९५१ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका छपाहा बस्ने ट्याक्टर चालक २१ वर्षीय बियस कुमार दनुवारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हुँदै थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तनहुँको भानु नगरपालिका-५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती सडकमा पनि बा.७० प ६९०१ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बाङ्गेरुवा बस्ने राजु सिम्खडाको छोरा ८ वर्षीय आईज्याक सिम्खडाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज भतरपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण