बेवारिसे अवस्थाको १८ गोलिया खयरको काठ बरामद
सोमबार, ०८ मङ्सिर २०७७, ०९ : ४७

शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।
बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताउनुभयो । “कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।”
बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान