भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण
भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।
विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै महानगर प्रमुख रेनु दाहालले अघिल्लो वर्षको योजना भए पनि कोभिड–१९ का कारण यस वर्ष १२ वटा वडाका ३३० छात्रालाई साइकल वितरण गरिने बताइन् ।
उनका अनुसार महानगरले विभिन्न वडामा पुगेर छात्रालाई साइकल वितरण गरिरहेको छ । यसअघि महानगरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्रालाई साइकल वितरण भएको थियो ।
महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनुपर्ने अवधारणा अगाडि सारेको छ ।
महानगरले आफ्नो आन्तरिक स्रोतबाट रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ । महागरले सबै स्कूलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कूललाई एउटा ल्यापटप उपलब्ध गराएको प्रमुख दाहालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण