अब रणवीर कपूर र आलिया भट्ट एउटै अपार्टमेन्टमा
एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन् । उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्समा रणवीर कपूर पनि बस्दै आएका छन् ।
अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बस्ने गर्छन् ।
आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ । उनले उक्त फ्ल्याट १३ करोड ( भारतीय रुपियाँ) मा किनेकी थिइन् । उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन् । उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ । मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन् ।
आलियाले किनेको नयाँ घरको इन्टेरियर डिजाइनको जिम्मा गौरी खानले लिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण