बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैङ्क, ब्याजदर शुन्य प्रतिशतको नजिक पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट ५० अर्बको तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलताको अवस्था भइरहेको बेला राष्ट्र बैङ्कले निक्षेप उपकरणमार्फत् राष्ट्र बैङ्कले निक्षेप उपकरण जारी गर्दै ५० अर्ब रुपैयाँ बराबरको तरलता तान्न लागेको हो ।
यस्तो निक्षेपको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ । यो निक्षेपको अवधि २८ दिनको हुनेछ । यसमा वाणिज्य बैंंक, विकास बैङ्क र वित्त कम्पनीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यस प्रकारको निक्षेपमा अवधि सकिनुअगावै भुक्तानी नहने र निक्षेप रकमलाई बैंंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात (सीआरआर), स्थायी तरलता अनुपात (एसएलआर) लगायतमा गणना गर्न नपाइने व्यवस्था समेत गरेको छ ।
बजारमा अधिक तरलता भएपछि २८ दिने निक्षेपको ब्याजदर अहिले ०.०४ विन्दुमा झरिसकेको छ । ब्याजदर करिडोर अन्तर्गत अल्पकालीन ब्याजदरलाई कम्तीमा १ प्रतिशतभन्दा माथि राख्ने मौद्रिक नीतिको लक्ष्य पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण