विवाह बन्धनमा बाँधिए श्वेता र आदित्य, तस्बिरमा यस्तो देखियो
बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए ।
विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।
त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ । आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।
विवाहमा आदित्य श्वेताले एकअर्काेलाई पिंक कलरको माला लगाइदिएका थिए ।
आदित्यको घरमा १ डिसेम्बरमा दुई खुसी सेलिब्रेसन गरिएको छ । एक उनका पिता उदितनारायणको जन्मदिन, अर्काे विवाह ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण