आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार, २८ मङ्सिर २०७७, ०७ : ३२
आइतबार, २८ मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ । 

भने, हाल प्रदेश नं १, ३ का केहि भूभागमा आंशिक बदली रहेको छ । 

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ। भने, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

यस्तै, सोमबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । र, राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, मंगलबार दिउँसो  देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

भने राति देशको पहाडि भू(भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप