अध्यादेशपछि परिषद् बैठकमा तीन जनाको ‘कोरम’ !
मङ्गलबार, ३० मङ्सिर २०७७, १८ : १९
काठमाडौं । नयाँ अध्यादेश अनुसार वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका छैनन् भने सभामुख अग्नि सापकोटा पनि गएका छैनन् ।
सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण