दीपेन्द्रको ‘चिसो मान्छे’ सुटिङ फागुनमा
काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशन रहने फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनमा हुने भएको छ । निर्देशक खनालले फिल्मको सुटिङ फागुन गर्ने जानकारी दिएका छन् ।
‘सबैक्षेत्र नियमित काममा फर्किए पनि हाम्रो फिल्म क्षेत्र अझै फर्कन सकेको छैन’ निर्देशक खनालले भने ‘आगामि फागुनसम्म अहिलेको अवस्था केही सहज हुन्छ होला । फिल्मको सुटिङ फागुन मै गर्ने बिचारमा रहेको छु ।’
अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्न लागेको फिल्मको लेखन समेत निर्देशक खनालकै रहेको छ ।
फिल्मको छायाँकन पनि निर्देशन दीपेन्द्र आफैंले गर्दैछन् । यस अगाडिको सुपरहिट फिल्म ‘आमा’ समेत दीपेन्द्रले छायाँकन निर्देशन गरेका थिए ।
२०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण