कोभिडका कारण विदेशमा ज्यान गुमाउनेको परिवारलाई आइएमई ‘भरोसा कोष’ मार्फत ५० हजार सहयोग

काठमाडौं । आइएमई ‘भरोसा कोष’मार्फत आइएमई मनि ट्रान्फरले कोभिडका कारण विदेशमा ज्यान गुमाउने ७९ परिवारलाई नगद सहयोग गरेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै कम्पनीले उक्त परिवारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हो ।
कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत स्थापना गरेको भरोसा कोषमार्फत उक्त सहयोग गरेको हो । कम्पनीले भरोसा कोषमार्फत विदेशमा कोभिडका कारण ज्यान गुमाउने परिवारका लागि आवदेश खुल्ला गरेको थियो । उक्त आवेदनमा ७९ जनाको आवेदन परेकोमा उक्त परिवारलाई कम्पनीले नगद सहयोग गरेको हो ।
शुक्रबार आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमईको ब्राण्ड एम्बासडरद्वय कलाकार दिपकराज गिरी र दीपाश्री निरौंलाले पीडित परिवारलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा चेक हस्तान्तरण गरिएपनि रकम भने आइएमई पे वालेटमार्फत सम्बन्धित परिवारलाई रकम भूक्तानी गरिने कम्पनीले जनाएको छ ।
चेक हस्तान्तरण गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेर परिवार र देशकै लागि रेमिट्यान्स पठाउने र देश र परिवारकै लागि पसिना बगाउँदाबगाउँदै कोभिडका कारण ज्यान गुमाउनेहरुको सम्मानमा भरोसा कोषमार्फत पीडित परिवारलाई सहयोग गरिएको बताए ।
यस्तो सहयोग गर्न पाउँदा अत्यन्त खुशी लाखेको बताउँदै अध्यक्ष ढकालले सामाजिक उत्तरदायीत्व अन्तरगत अब अन्य कम्पनीहरुले पनि यसरी नै पीडामा परेकाको आशु पुच्छ्नुपर्ने बताए ।
यता कार्यक्रममा बोल्दै कम्पनीका ब्राण्ड एम्बासडर कलाकारद्वय दिपकराज गिरी र दीपाश्री निरौंलाले सामाजिक समवेदना बोकेको र समाज प्रति आफ्नो जिम्मेवारी बोकेको कम्पनीको ब्राण्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित