आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने नेकपाको निर्णय

आइतबार, ०५ पुस २०७७, १७ : ५०
आइतबार, ०५ पुस २०७७

काठमाडौं । नेकपा स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले संसद विघटनको निर्णयलाई असंवैधानिक र स्वेच्छाचारी कदमको रुपमा लिँदै राजनीतिक उपलब्धि कठोर प्रहार गरेको बैठकले निर्णय गरेको छ । त्यस्तै संविधान पक्षधरले प्रधानमन्त्रीको कदमको राजनीतिक प्रतिपाद गर्दै कानुनी उपचार खोज्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले संसदभित्र र बाहिरका सवै पार्टी, नागरिक समाज र आम समुदायलाई असंवैधानिक कदमका विरुद्ध उभिन आग्रह पनि गरेको छ ।  त्यस्तै ओलीलाई अनुशासनको काररवाही गर्न केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र त्यसका लागि सात गते बैठक बोलाएको छ । त्यस्तै नेता कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप