मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको कदम स्वीकार्न नसकिने बादल निकट नेताहरुको निष्कर्ष

सोमबार, ०६ पुस २०७७, १२ : ५७
सोमबार, ०६ पुस २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकटका नेताहरुले संसद विघटनजस्तो प्रतिगामी कदम चाल्ने केपी ओली पक्षबाट अलग हुन सुझाव दिएका छन् ।  बादलकै सरकारी निवास पुल्चोकमा उनी निकटका नेताहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै कित्ता क्लियर गर्न सुझाव दिएका छन् ।

नेताहरु पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरुले बादललाई त्यस्तो सुझाव दिएका हुन् । तर बादलले भने अरुका कुरा सुनेर मात्रै बसेको कुनै प्रतिकृया नदिएको एक नेताले जानकारी दिए । ‘हामी सबैको एउटै स्वर थियो । ओलीको प्रतिगामी कदम स्वीकार गर्नुहुँदैन । तर उहाँ सुन्नुभयो बोल्नुभएन’, एक नेताले रातोपाटीलाई बताए  ।  नेतृ पम्फा भुषालले छलफल भएको भन्दै त्यसबारे पछि जानकारी दिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप