ओलीको कदम स्वीकार्न नसकिने बादल निकट नेताहरुको निष्कर्ष
सोमबार, ०६ पुस २०७७, १२ : ५७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकटका नेताहरुले संसद विघटनजस्तो प्रतिगामी कदम चाल्ने केपी ओली पक्षबाट अलग हुन सुझाव दिएका छन् । बादलकै सरकारी निवास पुल्चोकमा उनी निकटका नेताहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै कित्ता क्लियर गर्न सुझाव दिएका छन् ।
नेताहरु पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरुले बादललाई त्यस्तो सुझाव दिएका हुन् । तर बादलले भने अरुका कुरा सुनेर मात्रै बसेको कुनै प्रतिकृया नदिएको एक नेताले जानकारी दिए । ‘हामी सबैको एउटै स्वर थियो । ओलीको प्रतिगामी कदम स्वीकार गर्नुहुँदैन । तर उहाँ सुन्नुभयो बोल्नुभएन’, एक नेताले रातोपाटीलाई बताए । नेतृ पम्फा भुषालले छलफल भएको भन्दै त्यसबारे पछि जानकारी दिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण