प्रभु साहद्वारा दुई अध्यक्षीय प्रणालीको विरोध
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य प्रभु साहले पार्टीमा दुईजना अध्यक्ष बनाएकोमा विरोध जनाएका छन् । नेता साहले आज एक विज्ञप्ति जारी गरी अलग अलग पार्टीको एक अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाइको सफलतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुको आपसी टकरावले पार्टी क्षतविक्षत भएको उल्लेख गरेका छन् ।
माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएको कारण देशले घात व्यहोर्नुपरेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीद्वारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको तर सो नेतृत्वको समूहले विगतको गल्तीलाई सच्याउनुको सट्टा पुनरावृति गरेको आरोप उनले लगाएका छन् ।
नेतृत्व सम्बन्धी विश्वव्यापी मान्यता विपरित नेपालमै असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणालीजस्तो गम्भीर विषयमा छलफल नै नगरि अंगिकार गर्ने निर्णयको उनले विरोध गरेका छन् । उनले यस्तो निर्णयप्रति पटक पटक विमति जनाए पनि निरकुंश शैली अप्नाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण