ब्राजिलमा एक लाख ८९ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु
एजेन्सी । ब्राजिलमा विगत २४ घण्टामा ९६१ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । यससँगै ब्राजिलमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ८९ हजार २२० व्यक्तिको मृत्यु भएको छ ।
उक्त अवधिमा ४६ हजार ६९६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७३ लाख ६५ हजार ५१७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कोभिड–१९ सङ्क्रमणको महामारीबाट अति प्रभावित करिब चार करोड ६० लाख जनसङ्ख्या रहेको ब्राजिलको अति घना सहर साओ पाउलोमा मात्र अहिलेसम्म कूल ४५ हजार ५७६ व्यक्तिको मृत्यु भएको छ भने १४ लाख नौ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
साओ पाउलो राज्यमा डिसेम्बरका सुरुका २३ दिनमा नोभेम्बरको सोही अवधिको तुलनामा कोभिडजन्य सङ्क्रमण र मृत्युका घटना बढेका देखिएका छन् । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि क्षेत्रीय राजधानी साओ पाउलोमा क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी डिसेम्बर २५, २६ र २७ तथा जनवरी १, २ र ३ मा बार रेष्टुरेण्टसहितका दैनिक अति आवश्यक सेवा बाहेकका सेवालाई बन्द गर्ने बताइएको छ ।
क्रिशमस र नयाँ वर्षमा नागरिकहरू पर्वमय मानसिकतामा रहने र धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रार्यक्रमहरूलाई धुमधामका साथ मनाउने भएकोले यसका कारण हुने भीड तथा जमघटले कोभिड–१९ सङ्क्रमण थप फैलिने भन्दै सरकारले ती दिनहरूमा अतिआवश्यक सेवाबाहेकका सेवालाई बन्द गर्ने बताएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण