पूर्व-पश्चिम राजमार्गमा एकैपटक ३ वटा गाडी ठोक्किए, २ जनाको मृत्यु
जनकपुर । धनुषाको पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुघटनामा परि २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलस्थित भारतीय ट्रक र ईन्धन बोक्ने नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा घटनास्थलमै २ जनाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा परी को १ ख २३३८ ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमारको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका अर्जुनकुमार मण्डललाई प्रादेशिक अस्पाल जनकपुर लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा ट्याङ्करका सह–चालक विराटनगर–४ बस्ने धनराज यादव गम्भीर घाईते भएका छन् । उनलाई थप उपचारको लािग विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
भारतीय ट्रकका अर्का चालक र सहचालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीव्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण