मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपरथीमा बढुवा भएका डा.खत्रीलाई दर्ज्यानी चिन्ह

शुक्रबार, १७ पुस २०७७, १९ : ४५
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. देवेन्द्रबहादुर खत्रीलाई प्रधान सेनापतिले फुली लगाइदिएका छन् । शुक्रवार प्रधान सेनापति थापाले जंगी अड्डामा आयोजित कार्यक्रममा डा.खत्रीलाई फुली लगाइदिएका हुन् ।

पौष १५ मा मन्त्रिपरिषद्ले उनलाई सहायक–रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै उनलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महादिर्नेशकमा पदास्थापन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप