‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक
काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको गीत सार्वजनिक भएको हो । आगामी १ माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको शीर्ष गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहाङ राईको शब्द रहेको छ । गीत शक्ति श्रेष्ठ, कविता मानन्धर माथि फिचरिङ गरिएको छ ।
कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठले कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म क्षेत्रलाई टेवा पुर्याउने हल सञ्चालकको अभियानलाई होस्टेमा हैंसे गर्न फिल्म १ माघमा लगाउन लागेको बताए ।
शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
दीपेश सापकोटाले निर्देशन गरेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । यशोदा राई र दिनेश दर्शनधारी फिल्मका निर्माता हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर फिल्मका सह–निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण