कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास
मुम्बई । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् ।
कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन् । समाचारको अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन् । जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए । यसको जानकारी ब्रिटिश हाइकमीशनलाई समेत दिइएको थियो ।
मामल गम्भीर भएको कारण पुलिस प्रसासन समयमै पुगेको थियो । पुलिसको सहयोगले उनलाई एक निजी अस्पतलामा भर्ना गरिएको छ ।
बनिता २० डिसेम्बरमा कोलकाता पुगेकी थिइन् । उनी त्यहि प्लाइटमा थिइन् । जसमा म्युटेन्ट कोरोना भाइरसबाट संक्रमित मानिसहरु यात्रा गरिरहेका थिए । बनिताले फिल्म ‘अक्टुबर’बाट बलिउड डेब्यु गरेकी थिइन् । जसमा उनको अपोजिटमा बरण धवन थिए ।
उनी अहिले ‘कविता एन्ड टेरेसा‘ सुटिङ गरिरहेकी छन् । फिल्म स्विस इन्डियन फिल्म मेकर कमल मुसलले निर्देशन गरिरहेका छन् । यसको अलवा उनी ‘सरदार उद्यम सिंह’मा पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण