खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
तेहरान । इरानले दिवंगन सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहका क्रममा कुनै पनि सैन्य आक्रमण नगर्न अमेरिका र इजरायललाई चेतावनी दिएको छ ।
आक्रमण भए कडा र पछुताउनुपर्ने प्रतिक्रिया दिइने इरानका एक वरिष्ठ सैन्य अधिकारीले बताएका छन् । इरानको खाताम अल–अनबिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दोल्लाहीले शनिबारदेखि सुरु हुने अन्त्येष्टि अवधिमा इरानका विरोधी राष्ट्रहरूले कुनै पनि गलत अनुमान नगर्न आग्रह गरेका छन् ।
इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार उनले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘हामी शक्तिशाली इरानका शत्रुहरूलाई कुनै पनि गलत आकलन नगर्न चेतावनी दिन्छौं । यदि कुनै धम्की वा आक्रमण गरियो भने इरानी सशस्त्र बलले कडा र पछुताउनुपर्ने प्रतिक्रिया दिनेछ,’ इरानी अधिकारीहरूले जुलाई ४ देखि जुलाई ९ सम्म इरान र इराकका विभिन्न सहरमा खामेनीको अन्त्येष्टि कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् ।
खामेनेईको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल युद्धको पहिलो दिन भएको हवाई आक्रमणमा मृत्यु भएको थियो । उनको अन्त्येष्टि कार्यक्रम इरानका तेहरान, कोम र मशहद तथा इराकका ८८नजाफ र करबला शरहमा आयोजना गरिनेछ । यसलाई राष्ट्रिय तथा क्षेत्रीय महत्वको समारोहका रूपमा मनाउने तयारी गरिएको इरानी अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण