प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
सारांश
- मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
- सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ । चतुर्वेदी कार्य विभागमा कार्यरत थिए ।
गृह मन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सिद्धी विक्रम शाहलाई कार्य विभागमा सरुवा गर्न प्रस्ताव पठाएको थियो । अपराध अनुसन्धान विभागमा कार्यरत सुशील सिंह राठौरलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्न प्रस्ताव गरिएको थियो ।
मन्त्रालयले मानवश्रोत विकाश विभागमा ईश्वर कार्की र प्रदेश समन्वय विभागमा हिमालय कुमार श्रेष्ठलाई सरुवा गर्न प्रस्ताव पठाएको थियो । प्रदेश समन्वय विभागमा कार्यरत डम्बर बहादुर बिकलाई प्रशासन विभागमा सरुवा गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
मावनश्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा प्रस्ताव गरिएको थियो । मन्त्रिपरिषद्बाट पास भएको सरुवाको अधिकारिक सूची आउन बाँकी रहेको मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
-
दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते
-
सरुवा वा अवकाशपछि पनि चार हजारभन्दा बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु
-
रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन
-
गण्डकी सरकारले आगामी वर्ष २५ करोड लगानी गर्दै
-
८८१ थान भेप र ६ लाख नगदसहित पाँचजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण