शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित एक जना पक्राउ

आइतबार, २६ पुस २०७७, १३ : ४८
आइतबार, २६ पुस २०७७

काठमाडौँ – सिरहा जिल्लाको सिरहा नगरपालिका–२१ लकढीगोठबाट ३१ लाख ८९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

शनिबार राति प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२२ का ३९ वर्षीय शिवनाथ यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए । 

डिएसपी शर्माका अनुसार भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई लकढीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा रहेको झोलामा उक्त रकम फेला परेको हो । 

उक्त स्रोत नखुलेको रकम सम्पत्ति शुद्धिकरण विभाग पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको डिएसी शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप