स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित एक जना पक्राउ
आइतबार, २६ पुस २०७७, १३ : ४८
काठमाडौँ – सिरहा जिल्लाको सिरहा नगरपालिका–२१ लकढीगोठबाट ३१ लाख ८९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
शनिबार राति प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२२ का ३९ वर्षीय शिवनाथ यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए ।
डिएसपी शर्माका अनुसार भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई लकढीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा रहेको झोलामा उक्त रकम फेला परेको हो ।
उक्त स्रोत नखुलेको रकम सम्पत्ति शुद्धिकरण विभाग पठाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको डिएसी शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण