निर्वाचनका लागि तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रीत भैसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेल सहित उपस्थित बैठकमा गृहमन्त्री थापाले सो निर्देशन दिएका हुन् ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्यतिलाई ध्यान दिई निर्वाचन केन्द्रीत बजेज प्रस्ताव गरी गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन र व्यवस्थापन समबन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो । बैठकमा गृहसचिव, अर्थसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण