आखिर किन दिइन्छ खाली पेटमा लसुन खान सल्लाह ?
तपाईंले तौल कम गर्नका लागि कागती पानीको फर्मूला त पक्कै पनि अपनाउनुभएको होला । ग्रीन टी पनि खाएर हेर्नुभएको छ होला तर तपाईंले खाली पेटमा कहिल्यै लसुन खाएर हेर्नुभएको छ त ?
खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्छन् तर यसबारे निकै कमलाई मात्रै थाहा छ । लसुन एक चमत्कारी चिज हो । थसमा विभिन्न प्रकारका औषधीय गुण हुन्छ र यदि तपाईं खाली पेटमा लसुनको सेवन गर्नुहुन्छ भने तपाईंले यसका सबै फाइदा पाउन सक्नुहुन्छ ।
लसुन एक प्राकृतिक एन्टी बायोटिक हो । यसले थुप्रै प्रकारको संक्रमण रोक्न प्रभावकारी भूमिका निर्वाह गर्छ । यसमा निको पार्ने गुण पनि छ । यस्तोमा यदि तपाईं अहिलेसम्म पनि चियाको कपले दिनको सुरुवात गर्नुहुन्छ भने अब यो बानी छोडेर लसुन खाने बानी बसाल्नुहोस् ।
१. पेट सफा गर्छः
लसुनमा शरीरको विषाक्त पदार्थलाई सफा गर्ने गुण हुन्छ । साथै यसले पेटमा भएको ब्याक्टेरियालाई पनि नष्ट गर्ने काम गर्छ । विशेषगरी जब तपाईं यसलाई खाली पेटमा खानुहुन्छ ।
२. नसालाई झन्झन् हुनबाट रोक्छः
थुप्रै रिपोर्टमा बताइए अनुसार खाली पेट लसुनको सेवन गर्दा नसामा झन्झन् हुने समस्या टाढा रहन्छ ।
३. उच्च रक्तचापको समस्यामा राहतः
स्वास्थ्य विशेषज्ञका अनुसार जसलाई उच्च रक्तचापको समस्या छ उनीहरुका लागि खाली पेट लसुनको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले रक्त सञ्चार बढाउने काम गर्छ । साथै, मुटुको स्वास्थ्यका लागि पनि यसको सेवन गर्नु फाइदाजनक हुन्छ ।
४. कोलेस्ट्रोलका लागिः
यदि तपाईं खाली पेटमा लसुनको सेवन गर्नुहुन्छ भने यसले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रित गर्न मद्दत गर्छ ।
५. रोग प्रतिरोधी क्षमताका लागिः
लसुनको सेवनले रोग प्रतिरोधी क्षमता पनि बढ्ने गर्छ । यसले हाम्रो शरीर निकै राम्रो तरिकाले रोगको सामना गर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण