प्रविधि अनुकूल हुने गरी नयाँ ऐन–कानुन ल्याउन सांसद ढुंगानाको सुझाव
सारांश
- कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
- उनले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा प्रविधिको उच्चतम प्रयोग हुनुपर्ने र यसका लागि जनमानसमा रहेका भ्रम चिर्नुपर्ने बताए ।
- सांसद ढुंगानाले प्रविधिमैत्री निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार तयार गर्न सरकारलाई सुझाव दिँदै नयाँ ऐन–कानुन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
सांसद ढुंगानाले डा. सुब्बाद्वारा प्रस्तुत कार्ययोजना र प्रस्तुतिको प्रशंसा गर्दै आधुनिक युगमा पुरानो शैलीबाट राज्य सञ्चालन र लोकतन्त्रको रक्षा सम्भव नभएको बताए । उनले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गरी प्रविधिको उच्चतम प्रयोग हुनुपर्ने उल्लेख गरे ।
देशमा विद्यमान गरिबी र अशिक्षाका बाबजुद पनि प्रविधि अंगीकार गर्न कठिनाइ नहुने तर्क गर्दै उनले प्रविधिका बारेमा जनमानसमा रहेका भ्रमहरू चिर्नुपर्ने बताएका छन् । सुनुवाइ क्रममा सांसद ढुंगानाले भने, ‘मतदान प्रक्रियाका बारेमा जनतालाई भ्रममा पार्ने गलत भाष्यलाई आधुनिक प्रविधिमार्फत नै निरुत्साहित गर्नुपर्छ । यदि प्रविधिमा भनिएजस्तो धाँधली हुने भए अन्य देशका शक्तिशाली नेताहरूले सधैँ प्रविधिकै दुरुपयोग गरेर चुनाव जितिरहने थिए ।’
सांसद ढुंगानाले प्रविधिमैत्री निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार तयार गर्न सरकारलाई सुझाव दिए । यसअघि निर्माण गरिएका राजनीतिक दल सम्बन्धी ऐन र मतदाता नामावली ऐन लगायतका कानुनहरू पर्याप्त नभएको उल्लेख गर्दै उनले प्रविधि अनुकूल हुने गरी नयाँ ऐन–कानुनहरू ल्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रस्तावित निर्वाचन आयुक्तको कार्ययोजनालाई व्यवहारमा उतार्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा प्रविधिमैत्री बनाउन सरकारले आवश्यक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिष्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण