शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेका समाचारले सामाजिक द्वन्द्व बढाउन थाले: सञ्चारमन्त्री गुरुङ

मङ्गलबार, २८ पुस २०७७, १६ : ५५
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेका समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भएपनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको दाबी गरे । अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी मन्त्री गुरुङले बताए । सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनुपर्ने आवशाकता रहेको बताए ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रशंसा गर्ने गरेको भएपनि सञ्चार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गरे ।  मन्त्री गुरुङसँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप