लामो समयदेखिकी प्रेमिका नताशासँग बिहे गर्दै वरुण
एजेन्सी । बलिउड अभिनेता बरुण धवन यतिबेला विवाहको तयारीमा व्यस्त छन् । मिडिया रिपोर्टअनुसार उनले यसै महिना आफ्नो लामो समयदेखिकी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट हुनेछ ।
यस विवाहको तयारी पनि सुरु भइसकेको छ । स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् । तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन ।
यसअघि करिना कपूरले आफ्नो रेडियो शो ‘व्हाट वुमेन वान्ट’ मा नताशा दलालाई वरुणको मंगेतर भनेर सम्बोधन गरेकी थिइन् । यस कार्यक्रममा करिनासँग कुराकानी गर्नका लागि वरुण एक्लै उपस्थित थिए । अभिनेता वरुण र फेशन डिजाइनर नताशाबीच पहिल्यै इन्गेजमेन्ट भइसकेको थियो कि भन्ने शंकालाई समेत यसले मलजल गरेको थियो । यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाले पनि विवाहको प्राय चर्चा भइ नै रहेको थियो ।
रेडियो कार्यक्रममा वरुणले आफ्नो प्रेमकथाबारे पनि बोलेका थिए । ‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें ।’
वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक रिजेक्ट गरेकी थिइन् । यद्यपि, लगातारको प्रयासपछि नताशा पनि प्रेम–सम्बन्धमा रहन तयार भइन् । चर्चित फिल्म निर्देशक डेभिड धवनका छोरा वरुणले सन् २०१० मा शाहरुख खान अभिनित ‘माई नेम इज खान’ मा निर्देशक करण जौहरको सहायक भएर काम गरेका थिए । २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ मार्फत वरुणले अभिनय यात्रा थाले । मे तेरा हिरो, बदलापुर, दिलवाले,जुडुवा २, सुई धागा लगायत उनका फिल्महरु निकै चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण