मेयरको सपथसँगै सीयारामको पाँच घोषणाः स्कुले छात्राहरुलाई निःशुल्क साइकल बितरणदेखि दलित विद्यार्थीलाई दैनिक भत्ता
कुुमार संजय
रौतहट– शहरी विकास मन्त्री प्रभुु साहको लामो समयसम्म पिए रहेका सीयाराम कुुशवाहा कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भए । नवनिर्वाचित मेयर कुशवाहाले बुधबार पद तथा गोपनीयताको सपथ लिए ।
नव निर्वाचित जनप्रतिनिधिहरुको प्रमाणपत्र बितरण तथा सपथग्रहण समारोहमा मेयर कुुशवाहाले नगरपालिकाभित्रका माध्यामिक तहमा अध्ययनरत स्कुले छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्ने लगायतका पाँच घोषणा गरे ।
नगर भित्रका सबै आधारभुुत विद्यालयलाई १५सेटको दरले बेञ्च, डेस्क दिइने र दलित छात्रालाई बिद्यालय गए बापत दैनिक ५ रुपैयाँको दरले प्रतिमहिना १५ सय दिइने कुुश्वाहाले घोषणा गरे ।
कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुुईहप्ता भित्र आकस्मिक सेवा सञ्चालन र प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा शेवा नियमित गराउने कुुश्वाहाले घोषणा गरे । नगरपालिकाभित्र तत्काल सरसफाई र बृक्षारोपण कार्यक्रम गरिने पनि उनले घोषणा गरे ।
त्यसअघि निर्वाचन अधिकृत बिमल थापाले निर्वाचित सबै जन प्रतिनिधिलाई प्रमाणपत्र बितरण गर्नुका साथै नवनिर्वाचित मेयर कुुशवाहा, उपमेयर नुुरजहाँ खातुुन र वडा नम्बर एकदेखि नौ सम्मका वडा अध्यक्षहरुलाई सपथग्रहण गराएका थिए ।
मेयर कुुशवाहाले सपथ लिएपछि नौ वटै वडाका सदस्यहरुलाई उनले सपथ दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण