मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटनः मन्त्री गुरुङ
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारे ।
“मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो” नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।” मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।
उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यामहरुलाई आग्रह गरे । मन्त्री गुरुङले सञ्चारमैंत्री नीति निर्माणमा आफूू केन्द्रित भएको पनि दोहोर्याए । त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको उनको भनाई थियो । मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्र लगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण