इटलीद्वारा सङ्कटकाल अवधि विस्तार
एजेन्सी । कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ । बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८० हजारभन्दा बढी पुगेको छ ।
इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय सङ्कटकालको घोषणा गरेको हो । इटलीले सङ्कटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा सङ्क्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ ।
सरकारले सङ्क्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जस अनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति सङ्क्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ तर कुनै पनि इटालियाली क्षेत्र यो मापदण्डमा पर्न सफल भएको पाइदैन ।
सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी फेब्रुअरी १५ सम्म रोक लगाएको छ । श्रइटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्याङ्क अनुसार इटलीमा बुत्रबारमात्र १५ हजार ७७४ थप व्यक्ति कोभिड सङ्क्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन् ।
यससँगै अहिलेसम्म इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या पाँच लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ सङ्क्रमितको मृत्यु भएको छ । इटलीमा बुधबार रातिसम्ममा कूल आठ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण