सरकारको ६ महिनामा ४ खर्ब १५ अर्ब खर्च, ४ खर्ब ५५ अर्ब आम्दानी
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४२.४७ प्रतिशत खर्च हो । चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बिनियोजन भएको थियो ।
चालू खर्च ३ खर्ब ३५ करोड ६३ लाख रुपैयाँ भएको छ भने पूँजीगत खर्च ५० अर्ब ८१ करोड ७० लाख रुपैयाँ भएको छ । हालसम्म पुँजीगत खर्च १४.४० प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यता सरकारको आम्दानी भने ४ खर्ब ५५ अर्ब ३७ करोड २० लाख रुपैयाँ भएको छ ।
राजस्वबाट मात्र ४ खर्ब २२ अर्ब २३ करोड ५९ लाख रुपैयाँ संकलन भएको छ । ऋण योगदान तथा अन्यबाट गरेर ४ खर्ब ५ अर्ब सरकारको आम्दानीमा देखिएको छ । सरकारले ६ महिनामा ४१.७३ प्रतिशत राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षका लागि कर र गैरकरबाट १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख उठाउने सरकारको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण