सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरुलाई

आइतबार, ०४ माघ २०७७, १४ : ०९
आइतबार, ०४ माघ २०७७

काठमाडौं । निर्वाचन आयोगले विभिन्न दलहरुसँग छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो । यद्यपि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप