बुधबारदेखि भारतले नेपाललाई कोरोना खोप उपलव्ध गराउने
मङ्गलबार, ०६ माघ २०७७, २२ : ४१
काठमाडौं । भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो ।
विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण