श्रीलङ्काद्वारा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला
एजेन्सी । श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत् बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
सरकारको निर्णयबारे राजधानी कोलम्बोमा बोल्दै पर्यटनमन्त्री प्रसन्न रनतुङ्गेले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न पर्यटकीय गतिविधि सञ्चालन तथा वैदेशिक आवागमनलाई खुला गर्ने राष्ट्रपति गोतावाय राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई धन्यवाद ज्ञापन गरे । महामारीका कारण करिब ३० लाख व्यक्तिलाई रोजगारी दिई विदेशी मुद्रासमेत आर्जन गरिरहेको पर्यटन उद्योग धराशायी बनेकोप्रति संवेदनशील बन्दै सरकारले सीमालाई खोल्ने निर्णय गरेको उनले बताए ।
महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने र यसका लागि राष्ट्रपतिको संयोजकत्वमा रहेको कार्यदलसँग परामर्श गर्दै अघि बढ्ने उनले बताए ।
श्रीलङ्काली पर्यटनसम्बन्धी अनलाइन सूचना दिने एक सरकारी वेबसाइटका अनुसार महामारी जारी रहेका समय राज्यले विदेशी पर्यटकको जानकारीका लागि २४ घण्टे सेवा केन्द्र, इमेलमार्फत् सम्पर्कयोग्य बनाएको बताइएको छ । पर्यटकहरूले सूचना तथा सरकारका अपडेटहरूमा पहुँच गर्न सहज बनाइएको पनि उक्त वेबसाइटमा उल्लेख गरिएको छ ।
श्रीलङ्कामा आउने पर्यटकका लागि दैनिक दुई हजार ५०० व्यक्तिको पीसीआर परीक्षण गर्नसक्ने क्षमता रहेको बताइएको छ । पर्यटकहरूले बीमा गर्नुपर्ने र आवगमनपछि आफ्नै खर्चमा पीसीआर परीक्षणको लागि भुक्तान गर्नुपर्नेछ । वर्तमानमा त्यहाँ कुनै क्वारेन्टाइन अवधि वा पर्यटक भ्रमणका लागि न्यूनतम बसाईको व्यवस्था गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण