डोल्पाको त्रिपुराकोटमा दशैँ टीकाको आफ्नै साइत, राती मात्रै टीका लगाउने
दुनै(डोल्पा)– डोल्पा जिल्लाको त्रिपुराकोटमा दशैंको टिका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।
नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरेता पनि डोल्पाको त्रिपुराकोटमा भने परापुर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने प्रचलन रहेको हो ।
यहाँको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकीको नित्य पुजापाठपछि मात्र सबैले घरघरमा टीका जमरा लगाउन सुरु गर्ने स्थानीय बृद्ध रबिप्रसाद न्यौपानेले जानकारी दिए ।
त्रिपुराकोटबासीले बेलुकीको पुजाको लागि जमरा टीका मन्दिरमा चढाउन लैजाने र दशंैको औँशीको दिनदेखि मन्दिरमा पुजाआजाको लागि ठाउँ ठाउँबाट आएका ब्राम्हण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाईसकेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन रहेको पुजारी न्यौपानेले बताए ।
नेपाल पञ्चाङ निर्णायक समितिले भने शनिवार अपरान्ह ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको थियो ।
रातिदेखि मात्र जमरा टिका शुरु भई पूर्णीमासम्म पनि एक अर्कामा ग्रहण गर्ने गर्दछन् । रातीमा टिका लगाउने चलन नेपालमै नयाँ रहेको बताइएको छ ।
–रामचन्द्र न्यौपानेबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण