देवीको मूर्ति विसर्जन गर्दा नदीमा डुबेर एक किशोरीको मृत्यु
आइतबार, १५ असोज २०७४, १६ : २७
पुनहरी घिमिरे
कपिलवस्तु– कपिलवस्तुमा देवीको मूर्ति विसर्जन गर्न गएकी एक किशोरीको डुबेर मृत्यु भएको छ ।
जिल्लाको महराजगञ्ज नगरपालिका ७ कुशहवाका घर भएकी १८ वर्षीया रोशनी शुक्लाको दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर मृत्यु भएको हो । खेमराज शुक्लाकी १८ वर्षीया छोरी रोशनीको दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीमा सामेल भएर उनी नदीमा गएकी थिइन् ।
आइतबार बिहान साढे ९ बजेतिर कलशलाई नदीमा सेलाउने क्रममा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण