मधुमेहका बिरामीले जाडो मौसममा नखानुहोस् यी ७ खानेकुरा, थाहा पाउनुस् स्वास्थ्यका लागि कति खतरनाक
चिसो मौसमम ब्लड सुगरलाई नियन्त्रणमा राख्नु एउटा ठूलो चुनौती हुने गर्छ । मधुमेहका बिरामीका लागि त यो मौसम थप हानिकारक हुनसक्छ । विज्ञका अनुसार चिसो मौसममा केही खान नखाने हो भने तपाईं रगतमा सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । आउनुहोस्, चिसो मौसममा कुन कुरालाई आफ्नो खानामा समावेश नगर्दा ब्लड सुगर नियन्त्रणमा रहन्छ ।
तारेको वा मसालेदार खानेकुराः
यो मौसममा तारेको र मसालेदार खानेकुराबाट टाढै रहनुपर्छ । चिसो मौसममा हाम्रो पाचन प्रणाली पनि कमजोर हुन्छ त्यसैले शरीरले यस्ता प्रकारका खानेकुरा पचाउन सक्दैन । मधुमेहका बिरामीले त झन् यस्ता कुराबाट थप सावधान रहनुपर्छ ।
सुन्तलाः
भिटामिन–सीले भरपूर सुन्तला हाम्रो प्रतिरोधी क्षमताका लागि राम्रो मानिन्छ । तर सुन्तलामा पनि सुगर अत्यधिक मात्रा हुन्छ जुन मधुमेहका रोगीका लागि सही होइन । त्यसैले चिसो मौसममा यसको सेवनबाट बच्नुहोस् । विशेषगरी बजारमा पाइने प्याकेटबन्द सुन्तला जुसको सेवन त फिटिक्कै नगर्नुहोस् ।
बोसोयुक्त मासुः
मधुमेहका रोगीले चिसो मौसममा बोसोयुक्त मासु नखानुहोस् । यसमा भएको बोसो तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ । यसका साथै रातो मासुबाट पनि टाढै बस्नुहोस् । वैज्ञानिकले रातो मासुले शरीरमा हुने हानीको विषयमा पहिले पनि चेतावनी दिइसकेका छन् ।
डीप फ्राईः
चिसो मौसममा डिप फ्राईयुक्त खानेकुराबाट बच्नुहोस् । यसमा हुने अनस्याचुरेटेड फ्याट तपाईंको स्वास्थ्यका लागि फिटिक्कै राम्रो होइन । चिप्स, पकौडा, फ्रेन्च फ्राईलगायतका डिप फ्राई गरिएका सबै खानेकुरा खानबाट बच्नुहोस् ।
मादक पदार्थः
इन्सुलिन लिने बिरामीमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । त्यसैले उनीहरुले मादक पदार्थको सेवन गर्नु हुँदैन । रक्सीले तपाईंको शरीरलाई सामान्य व्यक्तिको तुलनामा बढी हानी गर्छ ।
सोडा वा अत्यधिक चिनीजन्य खानाः
यस्ता कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन नगर्नुहोस् जसमा सोडा वा चिनीको मात्रा अत्यधिक हुन्छ । बजारमा पाइने क्यान सुप, जूस वा प्याकेट बन्द खानेकुरामा यसको सम्भावना बढी हुन्छ । त्यसैले यी खानेकुराबाट दूरी बनाउनुहोस् ।
महः
मह कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसले तत्काल ऊर्जा दिन्छ तर मधुमेहका रोगीले चिसो मौसममा यो खानबाट बच्नुपर्छ । बजारमा पाइने मिसावटी महबाट पनि सावधान हुनुहोस् र डाक्टरको सल्लाहपछि मात्रै यसको सेवन गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण