प्रदेश र प्रतिनिधिसभा चुनावः एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने
काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।
नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो ।
माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।
पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले उच्च स्रोतले रातोपाटीलाई बतायो ।
अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए ।
स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भन्दै पार्टी वृत्तमा चर्चा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण