आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डका महिलाले भने, ‘गर्भ हाम्रो, यसमाथि निर्णय सुनाउने अदालत को ?’

शुक्रबार, १६ माघ २०७७, ०८ : ३३
शुक्रबार, १६ माघ २०७७

युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपातको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे । महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् । 

आन्दोलनकारी महिलाको भनाई थियो, ‘गर्भ हाम्रो, त्यसमा हाम्रो अधिकार हुनुपर्छ । यसमा अदालत वा राजनीतिक निर्णयको दबाब किन ? हामीलाई यो कानूनबाट स्वतन्त्रता दिइयोस् ।’

वास्तवमा पोल्याण्डको गर्भपतन कानून सन् १९९३ मा पारित भएको थियो । 

गर्भपतन गराउने डाक्टरलाई हुनसक्छ ८ वर्षको जेलः

यसअनुसार गर्भपतन त्यो स्थितीमा मात्रै सम्भव जब आमाको ज्यानलाई खतरा छ । त्यसमा पनि यस्तो १२ हप्तासम्मको गर्भलाई मात्र गर्न सकिन्छ । यदि कोही डाक्टरले अवैधानिक रुपमा गर्भपतन गराउँछ भने उनलाई ८ वर्षसम्मको जेल सजाय हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप