सामुदायिक वनको चुनाव : प्रचण्ड–नेपाल पक्षलाई हराउँदै काँग्रेस–ओली पक्षको संयुक्त प्यानल विजयी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा रहेका रामजानकी सामुदायिक उपभोक्ता समूहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा ओली समूह, राष्ट्रिय प्रजातन्त्र पार्टी र मजदुर किसान पार्टीको संयुक्त प्यानल विजयी भएको छ । नेकपा प्रचण्ड–नेपालको प्यानल हराउँदै संयुक्त प्यानल विजयी भएको हो ।
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षका उम्मेदवार नम्रता कार्की उम्मेदवारलाई हराउँदै अध्यक्षमा जगत भण्डारी ६४३ मत ल्याएर विजयी भए । कार्कीले ३३८ मत पाएकी थिइन् । निर्वाचन समितिक संयोजक कर्णबहादुर सिजालीका अनुसार १३ सदस्यीय पदाधिकारी भएको निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । उनले भने, ‘समितिको उपाध्यक्षमा प्रचण्ड–नेपाल प्यानलका यज्ञप्रसाद न्यौपानेलाई हराउँदै संयुक्त प्यानल राजेन्द्रबहादुर शाही विजयी भए ।’
सचिवमा संयुक्त प्यानलकै मञ्जु कुँवर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ, सहसचिवमा रनबहादखुर राना, सदस्यमा क्रमशः दानबहादुर रोकाया, नरबहादुर सिजाली, शान्ता खड्का, धनबहादुर गुरुङ्ग, गीता बैगार, राजकुमार राना, राजबहादुर राना, मनरुपा सार्की र इन्द्रा शर्मा विजयी भएका छन् । सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा १५७५ मतदातामध्ये १११६ ले मत खसालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण