स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
सारांश
- स्ट्रेट अफ होर्मुज हुँदै सञ्चालन हुने जहाजहरूमा भारतीय नागरिकलाई नाविकका रूपमा नखटाउन भारत सरकारले निर्देशन दिएको छ।
- यस साता इरानले गरेको आक्रमणमा होर्मुज तथा आसपासका क्षेत्रमा रहेका दुई जहाजमा कार्यरत दुई भारतीय नाविकको मृत्यु भएपछि यो निर्णय गरिएको हो।
- फारसी खाडी क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील भएकाले भारतीय नाविकहरूको सुरक्षाका लागि थप सावधानी अपनाउन आवश्यक ठानिएको छ।
नयाँ दिल्ली । स्ट्रेट अफ होर्मुज हुँदै सञ्चालन हुने जहाजहरूमा भारतीय नागरिकलाई नाविक (सीफेरर) का रूपमा नखटाउन भारत सरकारले जहाज सञ्चालक, जहाज व्यवस्थापन कम्पनी र भर्ती एजेन्सीहरूलाई निर्देशन दिएको छ।
भारतको डाइरेक्टरेट जनरल अफ शिपिङले जारी गरेको आदेशमा अर्को सूचना जारी नभएसम्म स्ट्रेट अफ होर्मुज भएर सञ्चालन हुने जहाजहरूमा भारतीय नाविक नपठाउन भनिएको छ।
यो निर्णय यसै साता इरानले गरेको आक्रमणमा होर्मुज तथा आसपासका क्षेत्रमा रहेका दुई जहाजमा कार्यरत दुई भारतीय नाविकको मृत्यु भएपछि गरिएको हो। ‘फारसी खाडी क्षेत्रमा सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेकाले त्यहाँ सञ्चालन हुने जहाजमा कार्यरत भारतीय नाविकहरूको सुरक्षाका लागि थप सावधानी अपनाउन आवश्यक ठानिएको छ,’ निर्देशनमा भनिएको छ।
यसअघि संयुक्त राष्ट्रसंघले गत महिना सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज र त्यस आसपास भएका आक्रमणमा कम्तीमा १४ जना नाविकको मृत्यु भएको छ। तीमध्ये जुन ९ मा ओमानको तट नजिक अमेरिकी आक्रमणमा परेको ‘सेट्टेबेलो’ तेल ट्यांकरमा कार्यरत तीन भारतीय चालक दलका सदस्य पनि मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण