सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
सारांश
- सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्किएसँगै प्रमुख प्रतिपक्ष नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।
- सरकार अल्पमतमा परिसकेको र सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ठहर पनि नेपाली कम्युनिस्ट पार्टीले गरेको छ ।
- नेपाली कम्युनिस्ट पार्टीले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्ने र यसका लागि दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्किएसँगै प्रमुख प्रतिपक्ष नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।
बिहीबार धनगढीमा बसेको नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको बैठकले सरकार अल्पमतमा परिसकेको भन्दै यस्तो अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेको हो ।
बैठकले विद्यमान राजनीतिक अवस्थामा सरकार अल्पमतमा परिसकेको र सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने ठहर पनि नेपाली कम्युनिस्ट पार्टीले गरेको छ ।
संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्ने र यसका लागि दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टीका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
बैठकको निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ । ‘मोटामोटी यिनै विषयमा छलफल भएर निर्णय गरेका छौँ,’ ती सांसदले रातोपाटीसँग भने, ‘निर्णय लेखेर सार्वजनिक गर्न बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै बाँच्छन्’
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण