कर्णाली प्रदेश
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
बिहीबार, ३२ असार २०८३, १४ : २८
सारांश
- कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
- कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको र केही घण्टामा निर्णय आउने बताएका छन् ।
- कांग्रेस केन्द्रमा एमालेसँग सहकार्य तोड्ने चर्चा चलिरहेकाले प्रदेशमा नेकपासँग सत्ता समीकरण बन्ने सङ्केत देखिएको छ ।
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थ फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि छलफल सुरु भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले रातोपाटीलाई बताए ।
‘हामी केही साथीहरूबिच समर्थन फिर्ता लिने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘अबको केही घण्टामा केही निर्णय आउला ।’
बुधबार सरकारमा सहभागी चार जना कांग्रेसका मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन । कांग्रेस केन्द्रमा एमालेसँग सहकार्य तोड्ने चर्चा भइरहेकाले प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता समीकरण बन्ने सङ्केत देखिएको छ ।
कर्णालीमा कांग्रेस ०८१ साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
-
३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
-
पुनः वार्ता सुरु गर्न अमेरिका–इरानलाई दबाब दिइरहेछ पाकिस्तान
-
‘दुनियाँको कुनै ताकतले इरानबाट स्ट्रेट अफ होर्मुज खोस्न सक्दैन’
-
भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
-
नयाँ कर नीति: के-के भए सस्तो, कुन-कुन कुरामा थपियो शुल्क?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण